खाँदबारी नगरपालिकाले कृषकलाई अनुदानमा दियो हाते ट्याक्टर



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिकाले अनुदानमा कृषकलाई ३३ वटा हाते ट्याक्टर (मिनि पावर टिलर) वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर बितरण गरिएको हो ।

३३ वटा ट्याक्टर कृषक समुह र व्यवसायिक कृषकलाई बितरण गरिएको प्रमुख मुरारीप्रसाख खतिवडाले बताउनुभयो । शुक्रबार नगरपालिकाकाले कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गरेको हो । प्रमुख खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठले ट्याक्टर हस्तान्तरण गर्नुभयो । यसले कृषकलाई धेरै सहज बनाएको छ, नगरप्रमुख खतिवडाले भन्नुभयो, नगरका ११ वटै वडाका कृषकलाई लक्षित गरेर बितरण गरिएको हो । नगरले यस अघि ७१ वटा हाते ट्याक्टर बितरण गरिसकेको छ, खतिवडाले भन्नुभयो, कृषकको माग आए अझै ट्याक्टर उपलव्ध गराउने छौ ।

पछिल्लो समय कृषकहरुले हाते ट्याक्टरको माग गरेपछि संख्या थपेर बितरण गरिएको कृषि शाखाका प्रमुख दिपेन काफ्लेले बताउनुभयो । धेरै कृषकको रोजाईमा हाते ट्याक्टर परेकोले हरेक आर्थिक बर्षमा यसको संख्या बढाउँदै जाने छौ, काफ्लेले भन्नुभयो, अर्को बर्षदेखि कृषकको संख्या बढ्ने छ । यसको बजार मुल्य ४४ हजार ५ सय पर्छ । खाँदबारी नगरपालिका कृषि शाखाले किसानसंग ५० प्रतिशत अनुदान अर्थात २२ हजार २ सय पच्चास रुपैयामा बितरण गरेको हो ।

सम्बन्धित समाचार