काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौ केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म सम्पन्न गर्ने जनाइएको छ । जसमा भदौ १८ गते वडा अधिवेशन सुरु गर्नेगरि सबै प्रक्रिया अगाडि बढेको काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ ।
यस अघि काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्ममा सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो । तर, काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धका विवादमा सहमति जुट्न नसक्दा पूर्वनिर्धारित समयमा काँग्रेसको महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन सकेन ।
साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन र साउन २५ गतेको गाउँ र नगरस्तरको अधिवेशन प्रभावित भएसँगै स्वभाविकरुपमा केन्द्रीय महाधिवेशन पनि प्रभावित भयो । पछिल्लो समय काँग्रेस नेता रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितीले पार्टी सभापति, पदाधिकारी तथा पूर्वपदाधिकारीहरुलाई समितिको प्रतिवेदन बुझाइसकेको छ । यस विषयलाई सहमतिमा पुर्याउने उद्देश्यले काँग्रेसका केन्द्रीय नेताहरुबीच निरन्तर छलफल हुँदै आएको छ । प्रवक्ता शर्माका अनुसार मशाधिवेशनको परिमार्जित कार्यतालिका अनेरुप नै महाधिवेशन सम्पन्न गर्नेगरी क्रियाशील सदस्यता लगायत विभिन्न प्रक्रियाहरु अगाडि बढेको छ ।
काँग्रेसले भदौ १८ गते वडा अधिवेशन सुरु गरेर, भदौ २७ षते गाउँरनगरपालिका अधिवेशन, असोज १ गते प्रदेश क्षेत्र अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १० देखि १२ गतेसम्ममा प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जनाएको हो ।
प्रतिक्रिया