कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद आज टुङ्गो लाग्दै



काठमाडौं । कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद आज (आइतबार) टुंगाएर पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदै छ। क्रियाशील सदस्यता सम्बन्धी बाँकी रहेको कामलाई अन्तिम रुप दिन गठित तीन सदस्यीय समितिले आज सभापतिलाई प्रतिवेदन बुझाउन लागेको हो।

क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा पाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र रमेश लेखकको टोलिले आज प्रतिवेदन बुझाइने नेता सिटौलाले जानकारी दिए। उनले भने,‘टुंगियो क्रियाशील विवाद, अब छैन।’

शीर्ष नेता बीच क्रियाशील विवादका विषयमा २ गते सहमति गरेर ३ गतेसम्म सभापतिलाई प्रतिवेदन बुझाउने कुरा थियो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील विवाद मिलिसकेको बताए। उनले भने, ‘अब साथीहरु प्रतिवेदन बुझाउन तयार हुनुहुन्छ।’ मंसिर ९ देखि १३ गते सम्म १४ औं महाधिवेशन गर्ने मिति तय गरिसकेको छ। कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदै छ।

सम्बन्धित समाचार