सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो



काठमाण्डौ । सुनको भाउ फेरि बढ्न थालेको छ ।

तोलामा आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

केही दिनअघि लगातारजसो घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सम्बन्धित समाचार