बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य



हेटौंडा । बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेबाट आठौं अधिवेशन अन्त्य गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

जेठ १६ गतेबाट सुरु भएको आठौं तथा बर्षे अधिवेशन मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अन्त्य गरेको प्रदेशसभाका सचिव कृष्णहरी खड्काले जानकारी दिए । आठौं अधिवेशनमा बागमती प्रदेश सभाको २३ वटा बैठक बसेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने अवस्थामा एकाएक अधिवेशन अन्त्य गरिएको हो। यसलाई मुख्यमन्त्री शाक्यले आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गर्नेछिन्।

माधव नेपालले नयाँ पार्टी दर्ता गरिसकेपछि शाक्य अल्पमतमा पर्ने देखिएको छ।

सम्बन्धित समाचार