काठमाडौं । देशभरि पछिल्लो समय १४ हजार ९ सय ३५ जनाको कोरोना परीक्षण गर्दा २ हजार ५२ जनामा संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार बुधबार ३ हजार ३० जना कोरोनामुक्त भएका छन्।
कोरोना संक्रमणबाट गएको २४ घण्टामा २० जनाको मृत्यु भएको छ।
काठमाडौंमा ४ सय ७१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा १ सय २ गरी उपत्यकाभित्र कुल ७ सय १९ जनामा संक्रमण पुष्टी भएको प्रवक्ता पौडेलले जानकारी दिए।
प्रतिक्रिया