चैनपुर । संखुवासभाको चैनपुरमा अनलाइन नृत्य प्रतियोगिता हुने भएको छ । नयाँ प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सेजल डान्स ट्रेनिङ्ग सेन्टर चैनपुरले एकल अनलाइन नृत्य प्रतियोगिता गर्न लागेको हो ।
कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरैमा बसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिन पाउने छन् । उक्त प्रतियोगितामा ३५ जना प्रतिस्पर्धी सहभागी भई सकेका छन् । प्रतियोगीले नेपाली कला संस्कृति झल्किने नृत्य प्रस्तुत गर्ने छन् ।
प्रतियोगिताका विजेताले प्रथम पुरस्कार ५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ३ हजार ३ सय ३३ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार १ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र साथै उत्कृष्ठ ३ जनालाई आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सेज़ल डान्स ट्रेनिङ सेन्टरका विद्यार्थी मात्र सहभागी हुन पाउने सोही संस्थाका सञ्चालक साजन राईले जानकारी दिए ।
प्रतियोगिता असोज १५ गते सम्पन्न हुने छ ।
साजन राई
प्रतिक्रिया