नेपाल र पीएनजीबीच हुने एकदिवसीय शृङ्खलाको मिति सर्‍यो


१७ भाद्र २०७८, बिहिबार


काठमाण्डौ । नेपाल र पपुवा न्युगिनीबीच हुने एकदिवसीय शृङ्खलाको मिति सरेको छ । क्यानले ट्वीट गर्दै यसको जानकारी दिएको हो ।

नयाँ तालिकाअनुसार नेपाल र पीएनजीबीचको पहिलो खेल आउँदो भदौ २२ गते, दोस्रो खेल भदौ २५ गते हुने भएको छ । खेलको मिति सारिएको बारेमा नेपाल क्रिकेट सङ्घ ९क्यान० ले केही बताएको छैन ।

यसअघि यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुने तय भएको थियो । अहिले नेपाली क्रिकेट टोली ओमानमा प्रशिक्षण गरिरहेको छ ।

सम्बन्धित समाचार