नेपाल र भारतले १–१ गोलको बराबरी खेले


१८ भाद्र २०७८, शुक्रबार


काठमाण्डौ । मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

तर नेपालको अग्रता दोस्रो हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आउँदो शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।

सम्बन्धित समाचार