थपिए १७ सयभन्दा बढी संक्रमित, २३ जनाको मृत्यु


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौं । देशभरि पछिल्लो समय १४ हजार ३ सय ३४ जनाको कोरोना परीक्षण गर्दा १ हजार ७ सय ५६ जनामा संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार २ सय ७४ जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ जना पुगेको मन्त्रालयले उल्लेख गरेको छ।

काठमाडौंमा ४ सय ६७, भक्तपुरमा ७१ र ललितपुरमा १ सय २९ गरी उपत्यकाभित्र कुल ६ सय ६७ जनामा संक्रमण पुष्टी भएको छ।

 

सम्बन्धित समाचार