इङ्ग्ल्यान्डलाई भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिनमा ५६ रनको अग्रता



काठमाण्डौ । घरेलु टिम इङ्ग्ल्यान्डले भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन ५६ रनको अग्रता बनाएको छ । द ओभलमा दोस्रो दिनको खेल सकिँदासम्म इङ्ग्ल्यान्डले ५६ रनको अग्रता बनाएको हो।

इङ्ग्ल्यान्डलाई अलआउट गर्दै दोस्रो इनिङ्ग्स थालेको भारतले विना विकेटको क्षतिमा ४३ रन बनाएको छ।

भारतका लागि केएल राहुल २२ रनमा अविजित रहँदा रोहित शर्मा २० रनमा अविजित रहेका छन् । यसअघि इङ्ग्ल्यान्ड पहिलो इनिङ्ग्समा २ सय ९० रन जोड्दा अलआउट भएको हो । इङ्ग्ल्यान्डका ओली पोपले ८१ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्ग्समा १ सय ९१ रन जोड्दा अलआउट भएको थियो । दुई टिमबीचको पाँच खेलको सिरिज १–१ को स्थितिमा रहेको छ ।

सम्बन्धित समाचार