मुल्य समायोजन के हो र कसरी हुन्छ ?



कुनै पनि कम्पनीको शेयरधनीहरुलाई सित्तैमा कम्पनीले थपिदिएको शेयरलाई बोनस शेयर भनिन्छ भने पुरानो शेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी लगानीको लागी खुलेको शेयरलाई राईट शेयर भनिन्छ । उदाहरणको लागी तपाईसंग एउटा हाइड्रोपावर कम्पनीको १० कित्ता शेयर छ । उक्त शेयरको बजार मुल्य एक कित्ताको रु.८०० छ । कम्पनीले २० प्रतिशत बोनस शेयर दिने निर्णय गर्यौ भने तपाईले थप २ कित्ता शेयर पाउनुहुन्छ र तपाईको जम्मा शेयर १२ कित्ता हुन्छ ।

यो २ कित्ता शेयर बोनस शेयर भएकोले तपाईले सित्तैमा पाउने हो । अब त्यसपछि उक्त कम्पनीले १०० प्रतिशत राईट शेयर दिने निर्णय गर्यौ भने तपाईले अर्को १२ कित्ता शेयर पाउनुहुन्छ तर आईपिओमा जस्तै हरेक कित्ताको रु.१०० का दरले १२०० रुपैया लगानी गर्नुपर्दछ । अब राईटपछि तपाईको शेयर २४ कित्ता हुन्छ ।

यस्तो बेला नयाँ लगानीकर्ताहरुलाई २ कित्ता बोनस दिँदा मलाई १६०० नाँफा हुन्छ भन्ने लाग्छ । त्यस्तै अर्को १२ कित्ता रु.१२०० मा किनेर रु.८०० का दरले बेच्दा मलाई रु.८४०० नाँफा हुन्छ भन्ने लाग्छ । तर यी दुवै भ्रम मात्र हुन् । बोनस र राईट दिएपछि शेयरमुल्य समायोजन भएर घट्छ ।

मुल्य कसरी समायोजन हुन्छ ?

शुरुमा बोनस दिनुभन्दा अगाडी एउटा शेयरको मुल्य रु.८०० थियो । यसलाई गणितको शैलीमा ८०० लाई १ ले भाग गरेर रु.८०० नै भएको भन्न मिल्छ । यहाँ १ भनेको एक कित्ता शेयर हो । अब २० प्रतिशत बोनस दिँदा एक कित्ता शेयरमा ०.२० कित्ता शेयर थपियो । अब ८०० लाई १ मा ०.२० जोडेर १.२० ले भाग गर्ने हो । यो भनेको रु.६६६.६७ हुन्छ । अब तपाईको शेयर संख्या १२ त भयो तर मुल्य समायोजन भएर रु.६६६.६७ मा झरयौ ।

अब बजार मुल्य रु.६६६.६७ भएकै बेला फेरी कम्पनीले १०० प्रतिशत राईट शेयर दिने निर्णय गरयौ । त्यो भनेको १ कित्ता शेयर हुनेले थप १ कित्ता शेयर किन्न पाउने हो । अब माथीको जस्तै गणितको भाषामा ६६६.६७ लाई १ ले भाग गरेर रु.६६६.६७ भएको मान्नुहोस् । यस्तो अवस्थामा एक कित्ता शेयरको मुल्य रु.६६६.६७ मा रु.१०० गोजीबाट थपेपछि २ कित्ता हुने भयो । यसलाई गणितको शैलीमा रु.६६६.६७ मा गोजीबाट थपेको रु. १०० जोडेर आएको जोडफललाई जम्मा शेयर संख्या २ ले भाग गर्नुहोस् रु.३८३.३४ हुन्छ । अब तपाईको जम्मा शेयर २४ कित्ता त भयो तर मुल्य घटेर रु.३८३.३४ मा झर्छ । यसैलाई मुल्य समायोजन भएको भनिन्छ ।

मुल्य किन समायोजन हुन्छ ?

कम्पनीले शेयर संख्या थपघट गर्दैमा कम्पनीको आम्दानी थपघट हुने होइन । एउटा बुवाको १० जना छोराछोरी छन् र उसको जम्मा खेतवारी १० रोपनी नै छ भने हरेकको अंशमा १ रोपनी पर्छ । यस्तो बेलामा छोराछोरी थप जन्मिएर २४ जना पुग्दैमा खेत २४ रोपनी हुदैन त्यही १० रोपनी २४ जनाले बाँडेर लिने हो । यस्तो बेला हरेकको अंशमा पर्ने खेतको क्षेत्रफल घट्छ । कम्पनीको केशमा एउटा हाइड्रोपावरले उत्पादन गर्ने बिजुली त्यही हो । प्रशासनिक लगायतका कम्पनीका खर्च पनि त्यही हो भने नाँफा पनि त्यती नै हुन्छ । यस्तो बेला शेयर संख्या बढदा एउटा शेयरको भागमा पर्ने नाँफा स्वभाविक रुपमा घट्छ । यस्तो बेला थोरै नाँफा कमाउने हैशियत भएको शेयरको मुल्य पनि घट्छ ।

बोनस र राईट घोषणा हुँदा के गर्ने ?

शेयर बजारमा साह्रै बिद्वानको पनि काम छैन । अथवा शेयरबजारमा बजारको मनोविज्ञान बुभ्mने मान्छे नै बिद्वान हो । इरान र रसिया अमेरिकाको शत्रु राष्ट्रहरु हुन् । टर्कीले इरानबाट तेल खरिद गर्दा अमेरिकाले टर्कीमाथी आर्थिक नाकाबन्दी लगायो । त्यसले टर्कीको शेयर बजारमा ठुलो गिरावट आयो । चीनले रसियाबाट फाइटर हेलिकप्टर खरिद गर्दा अमेरिकाले चीनमाथी कर बृद्वि र आयात कटौती लगायतका ब्यापारिक युद्वको घोषणा गरयौ । त्यसले चीनिया शेयरबजारमा एकपल्ट ठुलै गिरावट ल्याईदियो । गतवर्ष भारतले एकैपटक इरानबाट तेल खरिद र रसियाबाट उही फाईटर हेलिकप्टर खरिद गर्ने घोषणा गरयौ । यसले भारतीय शेयरबजारमा ठुलो हलचल ल्याईदियो ।

अब अमेरिकाले भारतमाथी आर्थिक नाकाबन्दी लगाउने सबैले अनुमान गरे । तर अमेरिकाको प्रधान शत्रु चीन हो र चीनसंग लड्न जस्तोसुकै मुल्य चुकाएर भए पनि भारतलाई हातमा लिनुपर्ने अमेरिकाको रणनीति रहेकोले अमेरिकाले भारतमाथी कुनै पनि हालतमा ब्यापार युद्व नगर्ने तर्क केही अन्र्तराष्ट्रिय मामलाका जानकारहरुले बारम्बार गरिरहे । त्यही तर्कलाई विश्वास गर्ने केही लगानीकर्ताहरुले ढुक्कसंग आफ्नो शेयर होल्ड गरे ।

तर सिंगो बजारले त्यो तर्क सुनेन । अधिकांशको दिमागमा अब अमेरिकाले भारतसंग ब्यापार युद्व गर्छ भन्ने नै परयौ । बिदेशी लगानीकर्ताहरु भटाभट शेयर बेचेर बाहिरिए । शेयरको मुल्य केही हप्तामै सोत्तर भयो । डलरको मुल्य बढयौ भने भारतीय रुपैयाको मुल्य घटयौ । केही हप्तामै सेनसेक्समा ४ हजार अंकको गिरावत आयो । तर अमेरिकाले भारतमाथी केही पनि गरेन । आखिरमा ती अन्र्तराष्ट्रिय मामलाका जानकारहरुले भनेका कुरा ठिक थियो । तर के यहाँ ति बिद्वान जानकारहरुको कुरा सुन्ने लगानीकर्ताहरुले जिते ? जितेनन् ।

यहाँ त जसले अमेरिकाले भारतमाथी ब्यापार युद्व गर्छ भन्ने कुरामा अधिकांश लगानीकर्ताहरु बिश्वास गर्छन् भन्ने बजारको मनोबिज्ञान बुझे उनीहरुले जिते । किनकी उनीहरुले त्यो हल्ला चल्ने बित्तिकै भटाभट बेचेर ४ हजार अंक घटेपछि फेरी किने । त्यसैले बोनस र राईट शेयर घोषणा हुदैमा कम्पनीको कमाउने क्षमता बढदैन भन्ने ज्ञान पनि एकातिर हुनु परयौ भने अर्कोतिर त्यो ज्ञान नसुन्ने बहुसंख्याक लगानीकर्ताहरु छन् र उनीहरु बोनस र राईटको पछाडी दौडिन्छन् । यस्तो बेला खरिद चाप बढेर मुल्य बढछ भन्ने पनि बुझेर खरिद वा बिक्रीको निर्णय लिँदा परिणाम तपाईको पक्षमा आउन सक्छ ।

यो पनि पढ्नुहोस

संस्थापक शेयर किन्नु राम्रो कि साधारण शेयर ?

(पछिल्लो समय शेयर बजार प्रति आम नागरिकहरुको बढ्दो चासोलाई मध्यनजर गर्दै मुख्यतः नयाँ प्रवेशीहरुलाई शेयर बजार बारे जानकारी मिलोस भनेर शेयर शिक्षा श्रृङ्खला स्तम्भ सुरु गरिएको हो । यस स्तम्भमा शेयर बजार विश्लेषक तथा जानकारहरुबाट शेयर शिक्षा सम्बन्धि लेखहरु प्रकाशन गरिने छ ।)

 

सम्बन्धित समाचार