काठमाडौँ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।
संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि बैठक भदौ २९ गते मंगलबार १ बजेसम्मका लागि स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमाले सांसदहरुले बैठकमा अवरोध सिर्जना गर्दैआएका छन्। आइतबार पनि एमाले सांसदहरुले दोस्रो पटकसम्म बैठक अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक सुचारु गराउने बारे विपक्षी दलका नेताहरुसँग परामर्श गरेका थिए ।
तर सकारात्मक प्रतिक्रिया नआएपछि उनले आगामी बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
प्रतिक्रिया