काठमाण्डौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा हुने वैदेशिक रोजगार विभागले जनाएको छ । फिजिकल फिटनेसु मा उचाइ र तौल नापिनेछ । यससम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने विभागले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता हुनेछ ।
यो नतिजा व्यक्तिले फारम भर्दा विभागको वेबसाइटमा बनाएको आईडीमा उल्लेख गरिनेछ । त्यही प्राप्तांकका आधारमा विभागले परीक्षार्थीहरूलाई छनोट गर्नेछ । छनोट गरिएको नामावली इजरायलको पपुलेसन एण्ड इमिग्रेशन अथोरिटी (पिआईबीए)लाई पठाइनेछ । त्यहाँबाट छनोटमा परेका व्यक्तिहरूसँग सम्झौता भएपछि उनीहरू इजरायल जान पाउनेछन् ।
प्रतिक्रिया