संखुवासभाबाट १६ सय २६ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिँदै



संखुवासभा । संखुवासभाबाट कक्षा १२ को परिक्षामा १ हजार ६ सय २६ जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये १ हजार ३ सय रेगुलर र ३ सय ७ जना पार्टसियलका विद्यार्थी सहभागी भएको शिक्षा विज्ञान समन्वय इकाई संखुवासभाका सूचना अधिकारी एकराज थापा मगरले बताए । उनका अनुसार जिल्लाका २३ परिक्षा केन्द्रमा परिक्षा लिइएको हो ।

परिक्षाको पहिलो दिन आज जिल्लाभर सौहार्दपूर्ण वातावरणमा परिक्षा सम्पन्न भएको मगरले जानकारी दिए । परिक्षा असोज ५ गतेसम्म सञ्चालन हुने छ । परिक्षामा सामेल विद्यार्थीहरुका लागि स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा दिने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ का विद्यार्थीहरुका लागि यस अघि नै कोरोना भाइरस विरुद्धको खोप लगाइएको थियो । कोभिड संक्रमित भई परिक्षामा सामेल हुन नसकेका विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था छ ।

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।

सम्बन्धित समाचार