बिगतका श्रृंखलाहरुमा बजार चक्र र त्यसलाई रेस्पोन्स गर्ने विभिन्न रणनीतिहरुबारे लेखिएको थियो । आज चाही नेपालको विगतका शेयरबजार चक्र प्रस्तुत गरिएको छ ।
नेपाली शेयरबजारको स्थापना २०५० मा भए पनि कारोबार अंक गणनाको शुरुवात २०५३ सालबाट भयो । त्यसपछि पहिलो ४ वर्ष अवधीभर बजार लगातार बढेर २०५७ मंसिरमा ५४५ अंकको उच्चतम बिन्दुमा पुग्यौ । त्यसपछि बजार करिब १ वर्ष ४ महिना ओरालो लाग्यौ । २०५८ को चैत्रमा १८६ अंकको न्युनतम बिन्दुमा आइपुगेपछि घटने क्रम रोकियो । त्यसपछि बजार निरन्तर ६ वर्ष ५ महिना बढयौ । २०६५ भदौंमा बजारले ११७५ अंकको उच्चतम बिन्दु छोएपछि फेरी बढने क्रम रोकियो र बजार घटन थाल्यौ । यसरी घटन थालेको बजार २०६८ चैत्रसम्म करिब ३ वर्ष ७ महिना निरन्तर घटयौ र २९२ अंकको न्युनतम बिन्दुमा आईपुग्यौ ।
त्यसपछि बजार निरन्तर ४ वर्ष ४ महिना बढेर २०७३ श्रावणमा १८८१ को उच्चतम बिन्दु कायम भयो । त्यसपछि २०७३ श्रावणबाट निरन्तर घटदै आएको बजार २०७५ फाल्गुन १९ गते १०९८ को न्युनतम बिन्दु छोएर ११०० को अंकमा बन्द भएको थियो । यो नै यसपटकको अन्तिम न्युनतम बिन्दु थियो र यो न्युनतम बिन्दु आज (असोज २०७८) भन्दा २ वर्ष ७ महिना अगाडी थियो ।
यो समय किन्ने समय हो ?
बिगतको २ वटा बुलिष्टको समय हेर्ने हो भने कम्तिमा पनि ४८ महिना बुल टिकेको देखिन्छ । अहिलेसम्म हामीले ३१ महिना बुलको समय गुजारिसक्यौ । यस अर्थमा अब कम्तिमा बजार १७ महिना बुलिष्टकै पाटोमा टिक्ने अनुमान गर्न सकिन्छ । बुलिष्टमा बजार बढेको प्रतिशत हेर्दा कम्तिमा ५३१ प्रतिशत रहेको छ । यस अर्थमा हेर्दा बजार १०९८ को ५३१ प्रतिशत अथवा ५८३० अंकसम्म बढन सक्ने अनुमान गर्न सकिन्छ । अथवा बजारमा केही बिज्ञहरुले यो तथ्य पेश गरेर ५५०० देखि ६००० सम्म बजार बढने अनुमान गरेका छन् । यदी तपाई यो कुरामा विश्वास गर्नुहुन्छ भने यो समय भएको शेयर होल्ड गर्ने समय हो वा बिचार गरेर थप किन्ने समय पनि हो ।
यो समय बेच्ने समय हो ?
बजार अहिले (असोज २५,२०७८) २,६३९ को अंकमा छ । तर यो बिन्दु करिब ३२५० को बिन्दु छोएर झरेको बिन्दु हो । यदी बजारले बिगतको बुलिष्टको अवधीहरुमध्ये न्युनतम अवधीभन्दा पनि १७ महिना अगाडी नै बियरिष्टको पाटो समाएको विश्वास गर्ने हो भने त्यही ३२५० नै अन्तिम बिन्दु थियो र बजारले बियरिष्टको पाटो समाईसकेको छ । यो कुरामा विश्वास गर्ने लगानीकर्ताहरु जसमा पनि लङटर्म लगानीकर्ताहरुको लागी यो समय बेच्ने समय हो ।
मेरो आफ्नो धारणा
म चाही बजारमा बुलिष्ट सकिएको छैन भन्नेमा स्पष्ट छु । कोरोनाको प्रमुख संकट सकिएपछि लगानीका थप क्षेत्रहरु खुलेकोले बैंकमा ऋणको ब्याज हल्का बढेको छ । यसले बचतको ब्याज पनि बढ्ने सम्भावना भए पनि अहिले नै तत्काल शेयर बेचेर लगानीकर्ताहरु फिक्स डिपोजिटमा गईहाल्ने गरी ब्याजदर बढेको छैन । एउटा बित्तिय संस्थाबाट एकजनाले बढीमा ४ अर्ब र सबै बित्तिय संस्थाहरुबाट बढीमा १२ करोड मात्र लगानी गर्न पाउने राष्ट्रबैंकको नीतिले ठुला लगानीकर्ताहरुको कारोबार खुम्चिन सक्छ तर अनलाईन मार्फत साना लगानीकर्ताहरु दिनदिनै बजारमा प्रवेश गर्दैछन् ।
माथी भनिए जस्तो ५,८०० अंकसम्म नबढे पनि बजार एकपल्ट फेरी उठेर मात्र बियरिष्टको पाटोमा प्रवेश गर्छ भन्ने लाग्छ । यद्यपी यो आँखा चिम्लेर ढुक्कले आक्रामक रुपमा लगानी गर्ने बेला चाही अवस्य पनि होइन । माथीको चार्टलाई बिगतको चार्टको आकृतिसंग तुलना गरेर हेर्दा पनि हामी कमसेकम बुलिष्टको आधाभन्दा माथी पुगिसकेका छौं ।
लगानीकर्ताहरुमा एउटा समुहले प्रतिरक्षक रणनीति (Defensive Strategy) अपनाउछन् भने अर्को समुहले आक्रामक रणनीति (Aggressive Strategy) अपनाउछन् । डिफेण्डसिप रणनीति भन्नाले बरु थोरै नाफा होस तर घाँटा चाही नहोस् भन्ने रणनीति हो । यदी तपाई यो रणनीति अपनाउनु हुन्छ भने बजार यतीसम्म बढछ होला भनेर तपाईले अनुमान गरेको बिन्दुमा नपुग्दै बेचेर निस्कनुहोस् वा सजक भएर थोरै थोरै अगाडी नै बेच्दै जानुहोस् ।
एग्रेशिभ रणनीति भन्नाले धेरै कमाईयोस् बरु धेरै कमाउन खोज्दा गुमाईयो भने गुमाईयोस् भन्ने रणनीति हो । यस्तो रणनीति मन पराउनेहरुले जोखिम मोलेर आफुले बजार यो पिकसम्म पुग्छ होला भनेको ठाँउसम्म पर्खेर एकैचोटी बेच्छन् । यदी तपाई एग्रेशिभ लगानीकर्ता हो भने एउटा बिन्दु अनुमान गरेर एकै पटक निस्कनुहोस् ।
शेयर शिक्षा श्रृङ्खला भाग ५ यहाँ क्लिक गरेर पढ्नुहोस ।
बजार घटबढ हुदाँ के के रणनीतिहरु लिने ?
प्रतिक्रिया