खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ष्टिीय स्वतन्त्र पार्टिले खुल्ला सभाको आयोजना गरेको छ ।
चाँदनी चोकमा आयोजित भेलालाई रास्वपाका पुर्वस्वास्थ्य राज्यमन्त्री डाक्टर तोशिमा कार्की, रास्वपाका केन्द्रिय सदस्य तथा सहप्रवक्ता रमेश प्रशाइ कोशी प्रदेस उपसभापति शरिन तामाङ्, कोशी प्रदेश महामन्त्रि लाल बिक्रम थापा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा रास्वपाका केन्द्रिय सदस्य तथा पुर्वस्वास्थ्य राज्यमन्त्री डाक्टर तोशिमा कार्कीले सभापति रवी लामिछानेलाई राजनितिक पुर्वाग्रहका आधारमा फसाउन सरकारले बिभिन्न प्रयास गरिरहेको भन्दै राजनितिक प्रतिशोधको तत्काल अन्त्य गर्न आग्रह गर्नूभएको थियो ।
कार्यक्रममा वहाँले देशमा कुनै अवसरको श्रृजना हुन नदिई युवाहरुलाई बेरोजगार बनाउन सरकार लागि परिरहेको आरोप लगाउनुभएको थियो । सरकार चलाउने ढंग नहुँदा आम नेपाली जनताले दुख पाईरहनुपरेको वहाँको आरोप थियो । कार्यक्रममा राष्ष्टिय स्वतन्त्र पार्टिका सहप्रवक्ता केन्द्रिय सदस्य रमेश प्रशाईंले रवीमाथिको आक्रमण नयाँ शक्तिहरुप्रति पुराना दलहरुले देखाएको रवाफ भएकोमा जोड दिँदै केहि उपाय नलागेपछि सम्पति सुद्धिकरणको मुद्धामा सभापति लामिछानेलाई फसाउने प्रयास गरिएकोमा त्यो पनि असफल हुने दावी गर्नूभएको थियो ।
स्वतन्त्र न्यायपालिकाले रास्वपा सभापतिलाई न्याय दिने कुरामा रास्वपा ढुक्क रहेको भन्दै अदालतले पनि आफ्नो डेग छाडे जनताले आन्दोलन मार्फत फैसला गर्ने चेतावनी दिएका थिए । कार्यक्रममा रास्वपाका कोशी प्रदेस उपसभापति शरिन तामाङ्, कोशी प्रदेश महामन्त्रि लाल बिक्रम थापा लगायतले पछिल्लो समय रास्वपामा जनताको आकर्षण देखेर काँग्रेस एमाले लगायतको ठुला दलहरु डराएर रास्वपाप्रति प्रतिशोधपुर्ण ब्यवहार गरिरहेको आरोप लगाएका थिए ।
प्रतिक्रिया