काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार ८७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ७८ दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ५१ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।
आज पनि सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ४५ अङ्कले, होटल दुई सय ३२, विकास बैंक एक सय ८५ र हाइड्रोपावर समूहको शेयर एक सय २३ अङ्कले बढेको छ ।
यस्तै फाइनान्स समूहको शेयर एक सय ३६, निर्जीवन बीमा तीन सय १७, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूहको शेयर चार सय ९९ अङ्कले बढेको छ ।
आज दुई सय २१ कम्पनीका एक करोड १४ लाख ८६ हजार कित्ता शेयर ६ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । केही दिनअघिसम्म कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा हिजो चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो । आज भने कारोबार रकम बढेर ६ अर्ब रुपैयाँ पुगेको हो ।
आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । साना किसान विकास बैंक कम्पनीको शेयर भने सबैभन्दा धेरै दुई प्रतिशतले घटेको छ ।
प्रतिक्रिया