कांग्रेस धनकुटा प्रदेशसभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित



धनकुटा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनकुटामा भएको अधिवेशनमा प्रदेशसभा ९ख० को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन्।

उनी २३३ मतसहित विजयी बनेका हुन। जम्मा ४३५ मत खस्दा उनका निकटतम प्रतिस्पर्धी तिलक महतले १७६ प्राप्त गरेका छन्।

प्रदेशसभा ९ख० मा सभापति, सचिव र सहसचिव पदमा मतदान भएको थियो। समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन्। उनीहरुले क्रमश २२७ र १७० मत प्राप्त गरेका छन्। यस्तै, सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन्।

त्यस्तै, उपसभापतिमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए। कोषाध्यक्ष निर्वाचित पदाधिकारी मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ।

जिल्ला र प्रदेशसभा (क)का आकांक्षी

यता कांग्रेस अधिवेशनअन्तर्गत प्रदेशसभा (क) को आइतबार र जिल्लाको अधिवेशन सोमबार हुने कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राईले बताए। प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनबाट एउटै प्रतिनिधि आउनुपर्ने भएकाले उनीहरुको सहजताको लागि प्रदेशसभा ‘क’ को अधिवेशन जिल्लाको अधिवेशनको अघिल्लो दिन गर्ने तयारी गरिएको राईले बताए। धनकुटामा प्रदेशसभा ‘क’ को अधिवेशन र जिल्ला अधिवेशन धनकुटा बजारमा हुने भएको छ।

जिल्ला अधिवेशनमा सभापतिका आकांक्षीमा वर्तमान कोषध्यक्ष दिनेश राई, गत निर्वाचन पराजित कमोट फागो र नेपाल विद्यार्थी संघ धनकुटाका सभापति बालान्द दाहाल रहेका छन्। वर्तमान सभापति पनि आकांक्षी रहेको बताइए पनि हाल उनी पछि हटेको बताइएको छ।

यस्तै, हाल जिल्ला समिति सचिव रहेका विजयसन्तोषी राई र जिल्ला सदस्य रहेका लेखनाथ पौडेल, निर्मल ओझा, रोषेश श्रेष्ठ, जयन्द्र घिसिङ, राजेन्द्र प्रसाद पौडेल सचिवका आकांक्षी हुन्। प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा वर्तमान जिल्ला सदस्य मोहन बान्तवा राई र सो क्षेत्रकै वर्तमान सभापति जितेन्द्र रुम्दाली राईले आकांक्षी रहेका छन्।

सम्बन्धित समाचार