सुर्खेतमा विद्यालय बन्द गरेर कांग्रेसको चुनाव



सुर्खेत । नेपाली कांग्रेसको चुनाव गराउन सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालय बन्द गरिएको छ ।

विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ । र विद्यालय प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको छ ।

विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले बताए । ‘स्थानीय सरकार प्रमुखको निर्देशन आएपछि बाध्य भएर एकदिनका लागि विद्यालय बन्द गरिएको हो,’ सापकोटाले भने ।

सम्बन्धित समाचार