पाँचखपनमा प्राविधिक शिक्षाका लागि महायज्ञ सञ्चालन गरिने



संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ७ मा प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ आयोजना गरिने भएको छ । जलजला माध्यमिक विद्यालयले प्लस टुमा प्राविधिक धार संचालन गर्न श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि प्राविधिक धार सहितको कक्षा ११ र १२ संचालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको जानकारी गराए । आगामी मंसिर २२ देखि २९ गतेसम्म महायज्ञ गर्न लागिएको पुराण मुल आयोजक समितिले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक हस्त तामाङ्ले उच्च माध्यमिक तह संचालन गर्ने उदेश्यले आयोजना गर्न लागिएको उत्त पुराणबाट दाताले दिने सहयोगले कक्षा नौ देखि कक्षा बाह्रसम्म प्राविधिक शिक्षा पशु विज्ञान पढाई सुरु गरिने बताए ।

उक्त सम्मेलनमा सप्ताह पुराणका संयोजक रामबहादुर बस्नेत, आर्थिक समिति संयोजक बुद्धिमान मास्के, पुर्ब विद्यालय संस्थापक राम बहादुर श्रेष्ठ, पाँचखपन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का लगायतले बोलेका थिए । पुराण विद्यालयको प्राङ्गणमा संचालन हुनेछ ।

सम्बन्धित समाचार