अस्ट्रेलियाले जित्यो श्रीलङ्कासँगको टी–२० शृङ्खला



काठमाण्डौ । श्रीलङ्कासँगको पाँच खेलको टी–२० शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज मङ्गलवार भएको तेस्रो खेल ६ विकेटले जितेसँगै अस्ट्रेलियाले श्रीलङ्कासँगको पाँच खेलको शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

क्यानबेरामा श्रीलङ्काले दिएको एक सय २२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर १९ बल बाँकी छँदै भेटायो । उसका लागि ग्लेन म्याक्सवेलले ३९ र एरोन फिन्चले ३५ रन बनाए । श्रीलङ्काका महिश थिक्सनाले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले दासुन सनाकाको ३९ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ अस्ट्रेलियाका केन रिचर्डनले तीन विकेट लिए ।

सम्बन्धित समाचार