ए डिभिजन लिगमा पुलिस र थ्री स्टारले १–१ गोलको बराबरी खेले



काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र थ्री स्टारले एक–एक गोलको बराबरी खेलेका हुन् । खेलको २१ औँ मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई एक–शून्यको अग्रता दिलाए ।

पहिलो हाफसम्म थ्री स्टार अग्रता लिन सफल भयो । दोस्रो हाफको खेल सुरु भएको ५३ मिनेटमै सुमन सुवेदीले गोल गर्दै पुलिसलाई बराबरीमा ल्याउन सफल भए ।

आजको बराबरीसँगै थ्री स्टार ११ खेलमा १८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उति नै खेल खेलेको पुलिस ११ अङ्कसहित नवौँ स्थानमा छ ।

सम्बन्धित समाचार