ओमानविरुद्ध नेपालको कमजोर सुरुवात



काठमाडौं । टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपालले ओमानसँग खेल्दैछ ।

टस हारेर ब्याटिङ गरेको नेपालले सुरुवात कमजोर छ । घरेलु टोलीविरुद्ध नेपालले सुरुवाती तीन ओभरभित्रै दुवै ओपनर गुमाएको छ ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

पावर प्ले (६ ओभर)को समाप्तीमा नेपालले २ विकेट गुमाएर ३० रन जोडेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १४ रन तथा दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर खेलिरहेका छन् ।

सम्बन्धित समाचार