फ्रेन्ड्ससँग पराजित हुँदै च्यासल रेलिगेशनमा



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल फुटबल क्लब रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ।

च्यासल २०१६ मा ए डिभिजनमा बढुवा भएको थियो। त्यसयता भएका दुई सिजनमा ए डिभिजनमा नै रहन सफल भए पनि यो पटक भने च्यासल पुनस् बी डिभिजनमा घटुवा भएको हो। लिगअन्तर्गत शनिबार भएको १२ औं चरणको खेलमा फ्रेन्ड्ससँग च्यासल २-१ ले पराजित भयो।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमाफ्रेन्डसले लिएको २ गोलको अग्रता उसलाई महत्वपूर्ण तीन अंकका लागि पर्याप्त भयो। ३७ औं मिनेटमा फ्रेन्ड्सले खेलमा अग्रता बनायो। उसका नाथानियल गार्सियाको पासमा जमोउल एन्थोनीले गोल गर्न सफल भए।

४० औं मिनेटमा अभिषेक लिम्बुले जमोउल एन्थोनीलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई जमोउल एन्थोनीलेनै गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। उनले जारी लिगमा चार गोल पुरा गरेको छ।

पहिलो हाफमा दुई गोलले पछाडि परेको च्यासलले खेलको ५५ औं मिनेटमा पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो। फ्रेन्ड्सका गोलरक्षक राहुल यादवले च्यासलका राजिभ लोप्चाङलाई फल गरेपछि पाएको पेनाल्टीलाई मोउसा अबागानले गोल गर्दै खेललाई २-१ को अबस्थामा ल्याए। त्यसपछि थप गोल हुन सकेन र खेलमा फ्रेन्डसले महत्वपूर्ण ३ अंक हासिल गर्यो ।

सम्बन्धित समाचार