ए डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै



काठमाण्डौ । ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

१२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

यसैबीच च्यासल युथ क्लब ए डिभिजन लिगबाट रेलिगेशनमा परेको छ ।

हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर ुबीु डिभिजनमा घटुवा भएको हो । २०७३ सालमा बढुवा भएको च्यासलले तीन वटा सिजन ए डिभिजन लिग खेल्न पायो। हिजोको जितसँगै १० अङ्क बनाएको फ्रेण्ड्स लगभग रेलिगेशनबाट बचेको छ ।

हिजोको दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई १–० गोलले हराएको छ । लिगको उपाधि जितिसकेको मच्छिन्द्रको १२ खेलमा ३२ अङ्क भएको छ । थ्री स्टार १८ अङ्कसहित चौथो स्थानमा छ ।

सम्बन्धित समाचार