टी-२० विश्वकप ग्लोबल क्वालिफायर : नेपालले आज क्यानडासँग खेल्दै



काठमाडौं । ओमानमा जारी आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।

नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ । क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

सम्बन्धित समाचार