सातदोबाटोसँग हारेसँगै ब्रिगेड ब्वाइज क्लब बी डिभिजनमा घटुवा



काठमाण्डौ । ब्रिगेड ब्वाइज क्लब ए डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । आज सोमवार भएको खेलमा सातदोबाटो युथ क्लबसँग तीन–दुई गोलले पराजित भएसँगै ब्रिगेड ब्वाइज क्लब बी डिभिजनमा घटुवा भएको हो ।

यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ । आजको जितसँगै सातदोबाटो १८ अङ्कसहित चौथो स्थानमा पुगेको छ । सातदोबाटोका लागि सुशील राई, निरज चौधरी र दीपकराज सिंह ठकुरीले गोल गरे । ब्रिगेड ब्वाइजका लागि रोशन राना मगर र विदेशी खेलाडी ओट्टोउले गोल फर्काए ।

ब्रिगेड ब्वाइज रेलिगेशनमा परेसँगै फ्रेन्ड्स र जावलाखेल रेलिगेशनबाट बचेका छन् । ए डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ ।

सम्बन्धित समाचार