काठमाडौं । नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ ।
सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने नेताहरुको सूची तयार गर्ने काम भइरहेको महामन्त्री शर्माले बताए ।
कांग्रेसले एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई संगठन विस्तारसँग पनि जोडिने महामन्त्री शर्माले बताए ।
अभियानका क्रममा संगठन विस्तार, प्रशिक्षण, भेला, अमेरिकी सहयोग परियोजना ९एमसीसी० बारे सर्वसाधारणमा रहेको भ्रम चिर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया