ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : पाँचथरबाट दमकल मगाइयो



काठमाण्डौ । ताप्लेजुङको फुङलिङ बजारमा आगलागी भएको छ ।

फुङलिङ बजारमा भइरहेको आगलागीबाट अहिलेसम्म एउटा घर पूर्णरुपमा जलेको ताप्लेजुङका डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो ।

अहिले सुरक्षाकर्मी, स्थानीय बासिन्दा र एउटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अर्को दमकल पाँचथरबाट पनि मगाइएको डीएसपी राणाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार