सप्तरी । नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी हुनुभएको छ ।
गएको मङ्गलवार भएको चुनावको आज बिहीवार भएको मतगणनामा साह एक सय १६ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएको हो । साहले एक हजार एक सय ८६ मत पाउँदा उहाँका प्रतिस्पर्धी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको छ ।
सभापतिमा निर्वाचित साह डा। शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुनुहुन्छ ।
यसअघि शनिवार हुने भनिएको चुनाव विवादपछि स्थगित भएर गएको मङ्गलवार सम्पन्न भएको थियो ।
प्रतिक्रिया