काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिमाथि प्रश्न उठाउँदै एमालेविरुद्ध नलागोस् भनी खबरदारी गरेका छन् ।
सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था गर्दा आफूहरुसँग परामर्श नगरेको भन्दै एमालेविरुद्ध नलाग्न आग्रह गरे ।
उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए ।
निर्वाचन आयोगले आचारसंहितामा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । ओलीले स्थानीय तहमा नेकपा एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा यो व्यवस्था राखिएको टिप्पणी गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको सरकार भएकाले यो व्यवस्था नराखिएको तर स्थानीय तहमा एमालेको वर्चश्व भएकाले यो व्यवस्था राखिएको ओलीले आरोप लगाए ।
केन्द्रमा गठबन्धनकै सरकार छ, प्रदेशमा गठबन्धनकै सरकार छ, स्थानीय तहमा गठबन्धनको वर्चश्व छैन’ उनले भने, ‘नभए स्थानीय सरकारको कार्यकारिणीलाई रिक्त गर्नपर्ने आवश्यकता र औचित्य छैन ।’
निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था गर्दा राजनीतिक दलहरुसँग परामर्श नगरेको उनले बताए ।
प्रतिक्रिया