काठमाण्डौ । सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी० ले पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार काठमाण्डौको राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न ।
त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा। विजय पौडेलले जानकारी दिनुभयो । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ुआफ्नो गाउँ आफैँ बनाऔँु लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।
प्रतिक्रिया