काँग्रेस संखुवासभाले टुङ्ग्यायो पाँच नगरपालिकाको प्रमुख र उपप्रमुख



संखुवासभा । नेपाली काँग्रेस संखुवासभाले पाँच नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

संखुवासभा काँग्रेसले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाँच नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको हो ।

काँग्रेस संखुवासभाका सभापति दिपक खड्काका अनुसार धर्मदेवी नगरपालिकाको प्रमुखममा थलकुमार लिंखा र उपप्रमुखमा तारा महत, चैनपुर नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा अन्जना लिन्थेप, मादी नगरपालिकाको प्रमुखमा पासाङ शेर्पा र उपप्रमुखमा तारा कोइराला प्याकुरेल, पाँचखपन नगरपालिकाको प्रमुखमा विपिन राई र उपप्रमुखमा सिताकुमारी श्रेष्ठ र खाँदवारी नगरपालिकाको प्रमुखमा महेश थपलिया र उपप्रमुखमा कमला गुरुङको नाम टुङ्गीएको हो ।

सभापति खड्काले नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिले गरेको निर्णयलाई सदर गरेर प्रदेश कार्यसमितिमा सिफारिस गरिएको जानकारी दिनुभयो । गठबन्धन दलहरुसँग वार्ता भइरहेको हुँदा वार्ता सफल भएमा उक्त नाम हेरफेर हुनेसमेत सभापति खड्काले बताउनुभयो ।

सम्बन्धित समाचार