पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशका २९ पालिकाका प्रमुख, उपप्रमुख उम्मेदवार टुंगो लगाएको छ । कमिटीको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको जानकारी सचिव धनन्जय दवाडीले दिए । उनका अनुसार अबको बैठकले थप उम्मेदवार टुंगो लगाउने छ ।
गण्डकीमा ८५ वटा स्थानीय तह छन् । एउटा महानगरपालिका छ । पोखरा महानगरपालिकाको उम्मेदवारको टुंगो भने पार्टी केन्द्रले लगाउने छ ।
प्रतिक्रिया