खाँदबारीको मेयर पदमा स्वतन्त्र उमेद्वारको मनोनयन दर्ता



नेकपा एमालेमा  आवद्ध रहदाकाे फाईल फाेटाे कार्कीकाे फेसबुकबाट साभार गरिएकाे ।

खाँदबारी । आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आईतबार सङ्खुवासभामा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । खाँदबारी नगरपालिकाको मेयर पदमा वडा नम्बर ३ का प्रविन काकीले स्वतन्त्र उमेद्वारी दिनुभएको हो ।

कार्कीले खाँदबारी स्थीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गराउनुभएको हो । कार्की नेकपा एमाले खाँदबारी नगरपालिका ३ नम्बर वडा कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले आफ्नो पदबाट राजिनामा दिएर स्वतन्त्र रुपमा उमेद्वारी दिनुभएको हो ।

जिल्लाका प्रमुख दलहरुले भने सोमबार मात्र मनोनयन दर्ता गर्ने भएका छन् । नेकपा एमालेले दिउँसो १ बजे दर्ता गर्ने कार्य तालिका बनाएको छ भने गठबन्धन दलले दिउँसो ३ बजे मनोनयन दर्ता गर्ने तयारी गरेको बताईएको छ । नेकपा एमाले र गठबन्धनले पालिका भरि नै एउटै समयमा मनोनयन दर्ता गर्ने समय मागेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार