संखुवासभा । शुक्रबार हुने स्थानीय निर्वाचनका लागि संखुवासभामा मतदाता परिचयपत्र वितरण शुरु भएको छ । बुधबार बिहानै देखि संखुवासभाको १ सय ६२ वटै केन्द्र मतदाता परिचयपत्र वितरण शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिए ।
उनको अनुसार, आज बुधबार र भोली बिहिबार जिल्लाभरका सबै मतदान केन्द्रमा नयाँ मतदाताहरूले मतदाता परिचयपत्र वितरण गर्ने काम भईरहेको छ । मतदान केन्द्र तोकीएको सुचना, मतदान केन्द्र वरपर विभिन्न किसिमका आचारसंहिता सम्बन्धी सुचना र सर्वदलीय बैठक गर्ने लगायतका काम भइरहेको छ ।
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको ब्यक्तिहरुको मतदाता परिचयपत्र वितरण गरिने भएको हो । यहि क्रममा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम रहेको जनाएको छ । जिल्लामा कुल १ लाख १७ हजार ७३१ जना मतदाता रहेका छन् । भने १ सय ६२ मतदान केन्द्र तोकीएको छ ।
प्रतिक्रिया