संखुवासभाका सबै स्थानमा मतदान सुरु



संखुवासभामा सबै स्थानीय तहमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ बजेबाट शान्ति पुर्वक रुपमा मतदान सुरु भएको छ । जिल्लाका १ लाख १७ हजार ७ सय ३१ जनाले आज मतदान गर्दै छन् । उनीहरुले १ सय ३ मतदान स्थलका २ सय ६२ मतदान केन्द्रमा मतदान गर्ने छन् ।

जिल्लाभर ७ सय ९९ कर्मचारी निर्वाचनका लागि खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा १०३ मतदान स्थलका १६२ मतदान केन्द्र तोकिएको छ । स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रलाई तीन तहमा बर्गिकरण गरिएको छ । जिल्लाका ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएकोे छ ।

जिल्लाभर १ हजार आठ सय ५४ सुरक्षा कर्मी खटिएका छन् । नेपाल प्रहरी ४ सय ९७, म्यादी प्रहरी ८ सय १३, सशस्त्र प्रहरी ३ सय ४४ र नेपाली सेना दुई सय जना परिचालन गरिएको छ ।

खाँदबारीको टुँडिखेल मतदान केन्द्रमा सबैभन्दा धेरै मतदाता २२ सय ९२ र भोटखोला गाउँपालिका –२ दुधपोखरी आधारभूत विद्यालय थुदाम सबैभन्दा कम ६९ जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् ।

सम्बन्धित समाचार