चिचिला । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ६७ दशमलव ५४ प्रतिशत मत खसेको छ । जम्मा ५ हजार ६ सय ९४ मतदाता रहेको चिचिलामा ३ हजार ८ सय ४६ मत खसेको हो ।
९ मतदान केन्द्र रहेको चिचिलामा सवैभन्दा धेरै वडा नम्बर २ मा ९ सय ५६ मत खसेको सहायक निर्वाचन अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । सवैभन्दा कम मत वडा नम्बर ३ मा ५ सस ७५ मत खसेको छ ।
चिचिला गाउँपालिकामा मुख्य गरि ३ दलको कडा प्रतिष्पर्धा रहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । चिचिलामा मंगोल नेशनल अर्गनाईजेशन पनि चुनावी मैदानमा सहभागी भएका छन् ।
प्रतिक्रिया