किमाथाङ्का । अशक्तहरुको मतदान ईच्छ्याएको संरक्षक ब्यक्तिले दिन पाउने सहमति भएपनि नेपाली कांग्रेसको प्रतिनिधिले मतदान गरिदिएको भन्दै भोटखोला १ किमाथाङ्कामा बिवाद भएको छ ।
उक्त विषयमा बिवाद भएपछि नेकपा (एमाले) ले भोटखोला १ किमाथाङ्कामा पुनः निर्वाचन गराउन माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।
मतदानको अन्तिम अवधीमा बिवाद भएपछि मुचुल्का उठाउदा समेत एमालेका प्रतिनिधीहरुले सहमति नजनाएको एमालेबाट वडा अध्यक्षका उमेद्वार तेन्छेबी शेर्पाले जानकारी दिए ।
यस विषयमा जानकारी प्राप्त भएपनि सञ्चार अभावका कारण पुरा जानकारी प्राप्त हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया