खाँदबारी । केहि बेर अघिसम्म नै नेकपा माओवादीको उमेदवारले अग्रता कायम गर्दै आएपनि पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसको उमेदवारले माओवादीलाई उछिनेको छ ।
सिलिचोङ ३ ताम्कुको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उमेद्वार भुपालराज मेवाहाङले १,३२४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उमेदवार योगेन्द्र (मञ्जिल) कुलुङले १,२६५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष तर्फ नेपाली कांग्रेसका उमेदवार देविता कुलुङको १,३११ मत रहेको छ भने माओवादी केन्द्रको उमेदवार देवी कुमारी राईले १,१६१ मत प्राप्त गरेका छन् ।
दुवै पदमा एमाले निक्कै पछाडी छ । एमाले अध्यक्षका उमेदवार खड्ग नन्द राईले हालसम्म २५३ मत प्राप्त गरेका छन् । उपाध्यक्ष मेनुका राईले ४४३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया