अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यहि आउदो २०७९ जेठ १० गते देखि साधारण शेयर (आईपिओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
यस कम्पनीको आइपीओ निष्कासन तथा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखा कार्यालयबाट अवेदन दिन सक्ने जनाएको छ।
यसै गरी, लगानीकर्ताले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओ निष्कासन बन्द छिटोमा जेठ २४ गते र ढिलोमा असार ८ गते सम्म रहने छ।
प्रतिक्रिया