काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा मेयर र उपमेयर नै एमालेले जितेको छ ।
मेयरमा एमालेका यज्ञप्रसाद ढकालले १०, ०२२ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबहादुर सिंहले ९७९७ मत पाए ।
अध्यक्षमा जनता समाजवादीका अमरबहादुर बुढा २६३, राप्रपाका गोपाल हमालले २४९, एकीकृत समाजवादीका जयबहादुर सुनारले १७९ मत पाएका छन् ।
यस्तै, उपमेयरमा एमालेकै धनसरा बोहरा विजयी भएकी छन् । बोहराले ९६१४ मत पाएर विजयी भएकी हुन् भने उनका निकटतम माओवादीका नन्दबहादुर कार्की ९नरेन्द्र०ले ८९१३ मत पाए ।
उपमेयरमा जनता समाजवादीका रत्ना बिकले २१५ र राप्रपाका मीना बिसीले २०० मत पाएका छन् ।
भेरीगंगा नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस निर्वाचित भएको थियो । तर, योपटक भने गठबन्धन गर्दा पनि पराजित भयो।
प्रतिक्रिया