काठमाडौं । निर्वाचन आयोगले हालसम्म ५७० स्थानीय तहको निर्वाचन मत परिणाम सार्वजनिक भएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा बाँकी तहको सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले भने, ‘हालसम्म ५७० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको हाम्रो डाटामा समावेश छ।’ उनले कुल ३५ हजार २२१ पदाधिकारीको नियुक्त हुनुपर्नेमा हालसम्म २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भइसकेको जानकारी दिए।
त्यस्तै उनले विभिन्न विवादका कारण रोकिएको अछामको साफे बगरमा जेठ ६ गते पुनस् मतदान हुने कार्यक्रम रहेको बताए। उनका अनुसार उदयपुर जिल्लाको त्रियोगी नगरपालिका वडा(१२ र बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको मतदानबारे अझै निर्णय हुन सकेको छैन।
प्रतिक्रिया