झापा । बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाईँ निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ हजार ४०३ पाई प्रसाईँ अध्यक्ष निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वीनेकपा एमालेकी मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरिन्।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भइन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत पाए।


प्रतिक्रिया