नेप्से परिसूचक ५० अंकले घट्यो



काठमाडौं । सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ ।

आर्थिक वर्ष २०७९.८० को बजेट आएको भोलिपल्टै सेयर बजार २।२६ प्रतिशतले घटेर २१७३.४४ बिन्दुमा झरेको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२।३७ रुपैयाँको भएको छ ।

सम्बन्धित समाचार