सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु



चितवन । भरतपुर महानगरपालिका १९ मा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता नरहरि अधिकारीले दिएको जानकारी अनुसार कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २४ बर्षका छतिराम थारु र उनको नातामा भिनाजु पर्ने २३ बर्षीय राम चौधरीको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका १९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा छतिराम चिप्लिएर सेफ्टी ट्याङ्कीमा खसेपछि राम निकाल्न गएका थिए । उनको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगले दुबै जनाको शव निकालेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार