खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिका २ बालामा एक घरमा आगलागी भएको छ । विहिबार साँझ पेलुम्बा टोलका भक्तबहादुर कुलुङको घरमा आगलागी भएको हो ।
घर भित्रैको अगेनाबाट आगो लाग्न सुरु गरेको स्थानीय राजन मेवाहाङले जानकारी दिनुभयो । अगेना माथीको सराङमा सुकाएको कोदोबाट आगो लाग्न सुरु भएको बुझिएको मेवाहाङले जानकारी दिनुभयो ।
जस्ताले छाएको दुई तले घर जलेर नष्ट भएको हो । आगलागीबाट मानबीय क्षति नभएपनि आफुले लगाएको लुगा बाहेक बाँकी केहि नरहेको मेवाहाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया