व्यवसायीलाई युवतीको प्रयोग गरी अपहरण गर्ने कारागार चलान



बिर्तामोड ।  झापा विर्तामोडका व्यवसायीलाई ‘हनी ट्रयापिङ्ग’ मार्पत अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई शुक्रबार जिल्ला अदालत झापाले पूर्पक्षका लागि कारागार चलान गरेको छ। झापा जिल्ला अदालतले शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

अपहरणमा संलग्न अभियुक्तहरु बिर्तामोड-४ मा मोटरसाइकल रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम-१ घर भई हाल विर्तामोड-२ चारपाने बस्ने रितु फियाक, दार्जलिङको खोरीबारीका २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड-४ का २५ वर्षीय प्रकास दासलाई जिल्ला अदालत झापाले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको श्रेष्ठले बताए।

उनीहरुले बिर्तामोडका एक व्यवसायीलाई युवतीको प्रयोग गरी अपहरण गरेका थिए। अपहरण गरी नाङ्गो भिडियो बनाएर ४० लाख फिरौती मागेका थिए। गत असार १ गते अपहरण गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले ३ गते पक्राउ गरेको थियो। अभियुक्तहरुले संगठित अपराध गर्नका लागि विर्तामोड स्थित भद्रपुर रोड कुमारी बैंक पश्चिमपट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीे अनुसन्धानबाट खुलेको थियो।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..