काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।
सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।
भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बतायो ।
मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया